FAQs Complain Problems

बुद्धभूमी नगरपालिका नगर कार्यपालिकाको कार्यालय भवन

Read More

नगरपालिका परिसर भित्र रहेको फुलबारी

Read More

बुद्धभूमी नगरपालिकाको चौधौं नगर सभाको झलक

Read More

बुद्धभूमी नगरपालिकाको नगरसभा सदस्यज्यूहरू

Read More

बुद्धभूमी नगरपालिकाका कर्मचारीहरु

Read More

बुद्धभूमी नगरपालिकाका कर्मचारीहरु

Read More

बुद्धभूमी नगरपालिकाको नगरसभा सदस्यज्यूहरू

Read More

संक्षिप्त परिचय

शान्तिका अग्रदुत गौतम बुद्धको नामबाट नामाकरण गरिएको बुद्धभुमी  नगरपालिका कपिलवस्तु जिल्लाको उत्तरी भागमा अवस्थित छ । नेपालको पुनर्संरचना गर्ने क्रममा स्थानीय तहको गठन गर्दा साविकका २ वटा नगरपालिकाहरु बुद्धवाटिका र भृकुटी नगरपालिका तथा साविकका ३ वटा गाउँ विकास समितिहरु मानपुर, महुवा र धनकौलीलाई मिलाएर यस नगरपालिकाको स्थापना २०७३ फागुन २६ गते भएको हो । यो नगरपालिका ऐतिहासिक, पुरातात्विक, सामाजिक, वातावरणीय तथा आर्थिक हिसाबले परापूर्वकाल देखि नै एक महत्वपूर्ण विशिष्ट स्थलको रुपमा परिचित हुँदै आएको छ । यस नगरपालिकाका पूर्वमा वाणगंगा र कपिलवस्तु नगरपालिका, पश्चिममा शिवराज नगरपालिका, उत्तरमा अर्घ

Pages

जन प्रतिनिधि

नगर प्रमुख
9857050290
नगर उप प्रमुख
9814441303

कर्मचारी

प्रमुख प्रशासकीय अधिकृत
9857088111
पशु विकास अधिकृत आठौं
9847225178
पशु सेवा शाखा

सेवाहरू

सेवा प्रकारः- जन्म दर्ता
सेवा समयः-
जिम्मेवार अधिकारीः- वडा सचिव,सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- घटना घटेको ३५ दिन सम्म नि-शूल्क र घटना घटेको ३५ दिनपछि नियमानुसार विलम्ब शूल्क लाग्नेछ ।
आवश्यक कागजातहरुः-

व्यत्तिगत घटना दर्ताका लागि अनलाइन घटना दर्ता (निवेदन) फारम भरि प्राप्त टोकन नं. लिई सम्बन्धित कार्यालयमा ३५ दिन भित्र जानुपर्ने छ ।

१. बाबु वा आमाको नागरिकता प्रमाणपत्रको प्रतिलिपि,
२. स्वास्थ्य संस्था/अस्पतालमा जन्म भएको भए उक्त संस्थाबाट जारी जन्म प्रतिवेदन,
३. घरमा जन्म भएको भए पछिल्लो खोप दिएको प्रमाण,
४. विदेशी भएमा बाबु, आमाको राहदानी प्रमाणपत्रको प्रतिलिपि तथा सम्बन्धित स्थानीय तहको वडामा बसोबास रहेको प्रमाण,
५. बाबु बेपत्ता वा ठेगाना थाहा नभएको भए सो सम्बन्धी प्रहरी प्रतिवेदन ।

सेवा प्रकारः- मृत्यु दर्ता
सेवा समयः-
जिम्मेवार अधिकारीः- वडा सचिव,सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- घटना घटेको ३५ दिन सम्म नि-शूल्क र घटना घटेको ३५ दिनपछि नियमानुसार विलम्ब शूल्क लाग्नेछ ।
आवश्यक कागजातहरुः-

व्यत्तिगत घटना दर्ताका लागि अनलाइन घटना दर्ता (निवेदन) फारम भरि प्राप्त टोकन नं. लिई सम्बन्धित कार्यालयमा ३५ दिन भित्र जानुपर्ने छ ।

संलग्न गर्नुपर्ने कागजात:-

१. मृतकको नागरिकताको प्रमाणपत्र (नागरिकता बनेको भएमा) वा जन्म दर्ता (नागरिकता नबनेको भएमा),
२. सूचकको नागरिकता,
३. मृतक विदेशी भएमा सूचक र मृतकको राहदानी प्रवेशाज्ञा तथा निज त्यस वडामा बसोबास गरेको प्रमाण, सम्बन्धित मुलुकको नेपाल स्थित कूटनीतिक नियोगको सिफारिस,
४. स्वास्थ्य संस्थामा मृत्यु भएमा मृत्युको प्रमाण ।

सेवा प्रकारः- विवाह दर्ता
सेवा समयः-
जिम्मेवार अधिकारीः- वडा सचिव,सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- घटना घटेको ३५ दिन सम्म नि-शूल्क र घटना घटेको ३५ दिनपछि नियमानुसार विलम्ब शूल्क लाग्नेछ ।
आवश्यक कागजातहरुः-

व्यत्तिगत घटना दर्ताका लागि दुबैले अनलाइन घटना दर्ता (निवेदन) फारम भरि प्राप्त टोकन नं. लिई सम्बन्धित कार्यालयमा ३५ दिन भित्र जानुपर्ने छ ।

संलग्न गर्नुपर्ने कागजातः-

१. विवाह दर्ता गर्न पति र पत्नी दुवै सूचक हुनुपर्छ,
२. दुलाहा दुलहीको नागरिकता प्रमाणपत्र वा राष्ट्रियता खुल्ने कागज,
३.दुलाहा दुलहीको आमा बावुको नागरिकता प्रमाणपत्र वा राष्ट्रियता खुल्ने कागज,
४. दुलाहा वा दुलही दुवैको हालै खिचेको अटो साइजको फोटो,
५. अदालतबाट नाता कायम भएको अवस्थामा नाता कायमको कागज,
६. कुनै एकजना विदेशमा रहेमा विदेश स्थित नेपाली नियोगबाट प्रमाणित अधिकृत वारेसनामा ।

सेवा प्रकारः- सम्बन्ध विच्छेद दर्ता
सेवा समयः-
जिम्मेवार अधिकारीः- वडा सचिव,सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- घटना घटेको ३५ दिन सम्म नि-शूल्क र घटना घटेको ३५ दिनपछि नियमानुसार विलम्ब शूल्क लाग्नेछ ।
आवश्यक कागजातहरुः-

व्यत्तिगत घटना दर्ताका लागि दुबैको अनलाइन घटना दर्ता (निवेदन) फारम भरि प्राप्त टोकन नं. लिई सम्बन्धित कार्यालयमा ३५ दिन भित्र जानुपर्ने छ ।

संलग्न गर्नुपर्ने कागजातः-

१. सूचकको नागरिकता प्रमाणपत्र,
२. अदालतबाट सम्बन्ध विच्छेद भएको फैसला,
३. विदेशमा सम्बन्ध विच्छेद भएको हकमा त्यहाँको प्रचलित कानुन अनुसार सम्बन्धविच्छेद भएको प्रमाणपत्र र कूटनीतिक नियोगबाट प्रमाणित भएका अंग्रेजी भाषाका कागजातलाई नोटरी पब्लिकबाट अनुवाद गरेको वा कन्सुलर सेवा विभागबाट प्रमाणीकरण गरेको सक्कल प्रति।
४. दुलाहा दुलहीको नागरिकता प्रमाणपत्र वा राष्ट्रियता खुल्ने कागज,

सेवा प्रकारः- बसाई सराई जाने/आउने सिफारिस
सेवा समयः-
जिम्मेवार अधिकारीः- वडा सचिव,सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- घटना घटेको ३५ दिन सम्म नि-शूल्क र घटना घटेको ३५ दिनपछि नियमानुसार विलम्ब शूल्क लाग्नेछ ।
आवश्यक कागजातहरुः-

व्यत्तिगत घटना दर्ताका लागि प्रत्येक सदस्यको अनलाइन घटना दर्ता (निवेदन) फारम भरि प्राप्त टोकन नं. लिई सम्बन्धित कार्यालयमा ३५ दिन भित्र जानुपर्ने छ ।

संलग्न गर्नुपर्ने कागजातः-

बसाई सरेर जाँदा चाहिने कागजातहरू
१. बसाई सराई गरेर जाने सूचकको नागरिकताको प्रमाणपत्र,
२. १६ वर्ष मुनिका बालबालिकाको हकमा जन्म दर्ताको प्रमाणपत्र र १६ वर्ष भन्दा माथिका नागरिकको हकमा नागरिकता र नागरिकता नभएमा जन्म दर्ताको प्रमाणपत्र,
३. परिवारका सम्पूर्ण सदस्यको सबै व्यक्तिगत घटना दर्ता गरेपछि मात्र बसाइँ सराइ दर्ता गर्नुपर्छ । 
बसाई सरेर आउँदा चाहिने कागजातहरू
१. बसाइँ सराइको लगत हस्तान्तरण फारामको सक्कल प्रति ।,
२. बसाई सराई गरेर आउँदा घरमुली वा सूचकको नागरिकता ।

नोटः बसाइँ सराइ गरेर जाँदा (जुन ठाउँबाट जान लागिएको हो) र आउँदा (बस्न लागिएको नयाँ ठाउँ) दुबै ठाउँमा घटना दर्ता गर्नुपर्छ ।

सेवा प्रकारः- सामाजिक सुरक्षा भत्ताको आवेदन
सेवा समयः-
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष,सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- नि-शुल्क
आवश्यक कागजातहरुः-

सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न योग्य लाभग्राहीले जुनसुकै समयमा आफ्नो स्थायी बसोबास भएको वडा कार्यालयमा उपस्थित भई सामाजिक सुरक्षा (पहिलो संशोधन) ऐन, २०७९ को अनुसूची १ बमोजिमको तोकिएको ढाँचामा निवेदन दिनुपर्छ।
१. अनुसूची १  बमोजिमको निवेदन,
२. सामाजिक सुरक्षा भत्ता पाउने व्यक्तिको नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि (बालबालिकाको हकमा बाहेक),
३.बालबालिकाको हकमा जन्मदर्ताको प्रमाणपत्रको प्रतिलिपिका साथै आमाको वा आमा नभए संरक्षक वा स्याहार सुसार गर्ने व्यक्तिको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि र नजिकको स्वास्थ्य संस्थामा खोप लगाएको वा तौल जाँच गराएको प्रमाण,
४. सम्बन्ध विच्छेद गरी अर्को विवाह नगरेकी महिलाको हकमा सम्बन्ध विच्छेद दर्ताको प्रमाणपत्रको प्रतिलिपि र अर्को विवाह नगरेको प्रमाण,
५. विधवा महिलाको हकमा पतिको मृत्यु दर्ताको प्रमाणपत्रको प्रतिलिपि,
६. न्यायिक पृथकीकरण गरी बसेको महिलाको हकमा न्यायिक पृथकीकरण भएको प्रमाण,
७. विवाह नगरेका महिलाको हकमा स्थानीय तहको सिफारिस,
८. अपाङ्गता भएका व्यक्तिको हकमा प्रचलित कानून बमोजिम जारी भएको अपाङ्गता परिचयपत्रको प्रतिलिपि,
९. सामाजिक सुरक्षा भत्ता पाउने व्यक्ति आफै उपस्थित हुन नसकी संरक्षक, माथवर वा स्याहार सुसार गर्ने व्यक्तिले निवेदन दिएकोमा निजको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि ।

सेवा प्रकारः- सामाजिक सुरक्षा भत्ताको आवेदन
सेवा समयः-
जिम्मेवार अधिकारीः- वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- नि-शुल्क
आवश्यक कागजातहरुः-

१. अनुसूची २  बमोजिमको निवेदन,
२. पासपोर्ट साइजको  फोटो १ प्रति,
३. सामाजिक सुरक्षा भत्ता परिचय पत्रको सक्कल र एक प्रति प्रतिलिपि, 
४. सामाजिक सुरक्षा भत्ता पाउने व्यक्तिको नेपाली नागरिकताको प्रमाणपत्रको सक्कल र एक प्रति प्रतिलिपि (बालबालिकाको हकमा बाहेक),
५. बालबालिकाको हकमा जन्म दर्ताको प्रमाणपत्रको सक्कल र एक प्रति प्रतिलिपि,
६. विधवा महिलाको हकमा पतिको मृत्यु दर्ताको प्रमाणपत्रको सक्कल र एक प्रति प्रतिलिपि,
७. अपाङ्गता भएका व्यक्तिको हकमा प्रचलित कानुन बमोजिम जारी भएको अपाङ्गता परिचयपत्रको  सक्कल र एक प्रति प्रतिलिपि,
८. सामाजिक सुरक्षा भत्ता पाउने व्यक्ति आफै उपस्थित हुन नसकी संरक्षक, माथवर वा स्याहार सुसार गर्ने व्यक्तिले निवेदन दिएकोमा निजको नागरिकताको प्रमाणपत्रको सक्कल र एक प्रति प्रतिलिपि,
९. सम्पर्क नम्बर ।                                    

सेवा प्रकारः- धारा जडान सिफारिस
सेवा समयः-
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष,सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- -
आवश्यक कागजातहरुः-

 नागरिकता प्रमाणपत्रको प्रतिलिपि र निवेदन पत्र 
 नक्सा पास वा नामसारी नक्सा भएको प्रमाणको 
 प्रतिलिपि
 जग्गा धनी प्रमाण पूर्जाको प्रतितिपि 
 चालु आ। व। सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात

जानकारी